अदिति बुढाथोकी

जतिबेला अदिति बुढाथोकी उच्च माध्यमिक विद्यालयमा अध्ययन गर्दै थिइन, उनको सुन्दरता देखेर विभिन्न पत्रिकाहरूबाट उनलाई मोडेलिङका लागि प्रस्तावहरु आईरहन्थे । सानैदेखि अभिनयतिर झुकाव राख्ने अदिति प्रायः आमासँग छुट्टिहरुमा मुम्बई घुमिरहन्थिन्, उनको सौभाग्य यसै क्रममा एक दिन एक विज्ञापन एजेन्सीको व्यवस्थापकले उनलाई टेलिभिजन विज्ञापनमा मोडेलिङको प्रस्ताव गरे ।

सानैदेखि अभिनयतिर झुकाव राख्ने अदितिका लागि याे ठूलो अवसर थियो । उनले तत्कालै प्रस्ताव स्वीकारिन् । उनले गरेको पहिलो मोडेलिङ म्यागी नुडल्सको थियो । उनले मोडेलिङको पहिलो अनुभव सफल र रमाईलो महसुस गरिन् त्यसपछि उनले निर्णय गरिन कि अब अभिनय नै उनको बाटो हो ।

उनको यो निर्णयमा आमाको पनि निरन्तर समर्थन नभएको भए शायदै उनी यति बलियो भएर टिकीरहन सक्थिन् र मुम्बईको त्यो अनुभव आजसम्म पनि उत्तिकै फलदायी छ । त्यसपछि सन् २०१६ मा अदितिले बलिउडको ग्लामरस संसारमा प्रवेश गरिन् ।

उनको मुख्य सफल भूमिका भारतीय गायक मिलिंद गाबाको पंजाबी म्यूजिक भिडियो “मे तेरी हो गइ” मा थियो। त्यसको दुई वर्ष पछि, उनले अनमोल केसीको जोडिको रुपमा नेपाली चलचित्र “क्रि”मा अभिनय गरिन् र उनको पछिल्लो उपस्थिति “हावा” म्यूजिक भिडियोमा गायक दर्शन रावलसँगै थियो ।

अभिनय नै आफ्नो जीवनको लक्ष्य बताउने अदिति भन्छिन् “म वास्तवमा आफूलाई एक मोडलको रूपमा भन्दा पनि एक अभिनेत्रीको रूपमा चिनाउन चाहन्छु। जब मैंले किशोरावस्थामा मोडेलिङ शुरू गरें, त्यो म्यागजिन र विज्ञापनको लागि बढी थियो। तर अभिनय नै मेरो पहिलो प्रेम हो, र म सधैं क्यामेराको अगाडि हुन चाहन्छु।”

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार