धानबालीमा रोग लागेपछि किसान चिन्तित

नवलपरासी । (बर्दघाट सुस्तापूर्व) नवलपुरमा लगाइएको धान बालीमा रोग देखिएपछि किसान चिन्तित बनेका छन् । वडा नं १४ का किसान मानसिंह गुरौको १० कट्ठा क्षेत्रफलमा लगाइएको धान पूरै रातो भएर सुकेको छ । “गोडमेल गरेर मलजल हालेपछि धान सप्रेला भनेको झनै पात सबै सुकेर मर्न लागेको छ”, उनले भने ।

यस वर्ष समयमै पानी पर्दा रोपाईँ पनि समयमै भएकाले किसानले धान खेती राम्रो हुने आशा गरेका थिए तर, धानमा बाला लाग्ने बेला हुन लाग्दा रोग देखिएपछि किसान चिन्तित बनेका छन् । कृषि ज्ञान केन्द्रले सञ्चालन गरेको धान ब्लक क्षेत्र कावासोती–१७ र गैँडाकोटका वडा नं ११ र १२ मा पनि रोग देखिएको छ ।

– रासस

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार