बेलढुङ्गामा उभिएर.

बागलुङ ।  पोखरामा एकै मञ्चबाट ८० देशका राष्ट्रगान गाउने तयारीमा कोभिड–१९ को दोस्रो लहरका कारण बिराम लागेपछि विश्व राष्ट्रगान यात्री रामजी नेपाली अहिले गृहजिल्ला फर्किएका छन्।

गायक नेपालीले कोरोना महामारीले विश्वयात्रामा त अवरोध खडा गर्‍यो नै देशभित्रै पनि निष्फिक्री घुम्न पाएका छैनन् । मानिस भेला पारेर कार्यक्रम गर्नु त झनै टाढाको कुरा भयो । पर्यटकीय शहर पोखराको फेवाकिनारमा उभिएर विभिन्न देशका राष्ट्रगानमार्फत विश्व बन्धुत्व, सांस्कृतिक पर्यटन र सद्भावनाको सन्देश प्रवाह गर्ने उनको योजना तत्काललाई पर सरेको छ । महामारी थामिएर स्थिति सहज हुनासाथ कार्यक्रमको चाँजोपाँचो मिल्नेमा उनी निर्धक्क छन् ।

– रासस

 

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार