बनेपाको कन्या पूजा स्थगित

काभ्रेपलाञ्चोक।यस वर्ष पनि बनेपामा कन्यालाई नपुजिने भएको छ । एक सय १९ वर्षदेखि निरन्तर सो पूजामा रजस्वला नभएका कन्यालाई पुज्दै आइएको थियो । कोरोना भाइरसको जोखिमका कारण यसवर्ष पनि कन्या पूजा रोकिएको सनातन कन्या पूजा प्रबन्ध समितिले जनाएको छ ।

समितिले गत वर्ष पनि कन्या पूजालाई परम्परामै सीमित गरेको थियो । कन्या पूजा कृष्ण जन्माष्टमीमा गरिँदै आइएको थियो । यस वर्ष पनि भोलि अर्थात् सोमबार कन्यापूजा परेको छ । “कोरोना महमारीका कारण यस वर्ष कन्यालाई नपुज्ने भयौँ, कन्या पूजा कार्यक्रमलाई रोकेका छौँ”, समितिका सचिव सुरकृष्ण वैद्यले भने। उनका अनुसार पूर्णरूपमा जोखिम हटेपछि मात्रै कन्या पूजालाई पुनः निरन्तरता दिइनेछ ।

– रासस

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार