पूर्वसचिव रेग्मीको निधन

काठमाडौँ। नेपाल सरकारका पूर्वसचिव श्रीकान्त रेग्मीको आज बिहान ७१ वर्षको उमेरमा निधन भएको छ ।केही वर्षदेखि मिर्गौला र मधुमेह रोगबाट पीडित रहेका उनको आज बिहान शिक्षण अस्पताल महाराजगञ्जमा निधन भएको हो। लामो समयसम्म गृहसचिव रहेका उनी एक कुशल प्रशासकका रूपमा चिनिन्छन् ।

उनका प्रशासन सुधारसम्बन्धी थुप्रै लेख, रचना तथा अन्तर्वार्ताहरु प्रकाशन, प्रसारण भएका छन्। उनका श्रीमती र दुई छोरा छन्। छोरा विदेशमा रहेकाले उनी स्वदेश फर्केपछि मात्रै अन्तिम दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।

– रासस

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार