संसदीय दलको कार्यालय स्थापना

काठमाडौं । एमालेबाट विद्रोह गरेर गठन गरिएको नेकपा (एकीकृत समाजवादी) को संसदीय दलको कार्यालय स्थापना गरिएको छ । सिंहदरबारस्थित संघीय संसद सचिवालयको एक नम्बर भवनमा दलको कार्यालय राखिएको हो ।संसदीय दलको कार्यालयमा दलका नेता अध्यक्ष माधवकुमार नेपालले आज पदभार ग्रहण गरेका छन् । त्यस्तै, राष्ट्रियसभा संसदीय दलका नेता बेदुराम भुसालले पनि जिम्मेवारी सम्हालेका छन् ।

नेकपा एस दर्ता प्रक्रियामा प्रतिनिधिसभाका २३ र राष्ट्रियसभाका ७ गरी ३० जनाले निर्वाचन आयोगसमक्ष सनाखत गरेका थिए ।

– रासस

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार