लुम्बिनीका दुःख : २५ अर्ब लगानीका होटल छन् तर पर्यटक छैनन्

रुपन्देही, २० भदौ भगवान गौतमबुद्धको जन्मस्थल विश्व प्रसिद्ध लुम्बिनी क्षेत्र यतिखेर सुनसान छ । कोरोना महामारीका कारण यहाँको पर्यटन सुस्ताएको हो । त्यसो त महामारीबीच पनि यहाँका पर्यटन व्यवसायीले लगानी गर्नेक्रम रोकेका भने छैनन् । रुपन्देहीका होटलमा मात्र झण्डै रु २५ अर्बको लगानी छ । यहाँ साना ठूला गरी दुई हजार ५०० होटल छन् । त्यसमध्ये १५० भन्दा बढी स्तरीय होटल सञ्चालनमा रहेको होटल व्यवसायी सङ्घ रुपन्देहीका अध्यक्ष रामप्रसाद गौतम बताए।

– रासस

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार