एप्पलको तार विना चार्ज गर्न मिल्ने आइप्याड बजारमा आउँदै

विश्वकै अग्रणी सूचना प्रविधि कम्पनी एप्पलले तार विना चार्ज गर्न मिल्ने आइप्याड चाडै नै बजारमा ल्याउने जनाएको छ । एप्पलका धेरै उत्पादन यो वर्ष सार्वजनिक हुने लाइनमा छन् जसमा मुख्य उत्पादनको रूपमा आईफोन १३ रहेको छ, जुन आउँदो सेप्टेम्बरमा सार्वजनिक हुनसक्ने आँकलन गरिएको छ। अहिले नयाँ विषेशता सहितको आइप्याड परीक्षणकै क्रममा रहेको छ । यसैबीच कम्पनीले नयाँ प्रडक्टमा काम गरिरहेको जानकारी बाहिरिएको छ ।

एप्पलले भर्खरैमात्रै एउटा फोटो सार्वजनिक गरेको छ, जसअनुसार कम्पनीले चाँडै नयाँ आईप्याड ल्याउने तयारी गरिरहेको देखिन्छ । मिनि आईप्याडको रुपमा आउने यो उत्पादनले वायरलेस चार्जर सपोर्ट गर्नेछ भने, आईप्याडको डिजाइन पनि पूर्णरुपमा फरक रहेको छ । जुन विगत ६ वर्षपछि डिजाइनमा आएको परिमार्जनमध्ये उल्लेख्य भएको देखाइएको छ । यसमा सानो स्क्रिन बोर्डर रहेको छ साथै आईप्याडमा हुने होम बटन पनि नयाँ आईप्याडबाट भने विस्थापित हुने देखिएको छ ।

यसका साथै उक्त आईप्याडमा आईफोन १२ बाट प्रयोगमा आएको म्यागसेफ सिस्टम समेत उपलब्ध गराउने जनाइएको छ । २०२१ को अन्त्यतिर यो उत्पादन सार्वजनिक हुनसक्ने अनुमान गरिएको छ । चार्जर विना चार्ज गर्न मिल्ने आइप्याडमा अन्य नयाँ विषेशताहरु पनि थप्ने तयारी भइरहेको उनीहरुको भनाइ छ । तार विना पनि चार्ज गर्न मिल्ने भएपछि त्यसको प्रयोग धेरै सजिलो हुने र लोकप्रिय पनि हुने देखिएको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार