एकै पटकमा १० जना बच्चालाई जन्म

दक्षिण अफ्रिकामा एक जना महिलाले एकै पटकमा १० जना बच्चालाई जन्म दिएकी छन्।

गोसियामे थमारा सिथोलेका पतिका अनुसार पहिला स्क्यान गर्दा गर्भमा आठ वटामात्र बच्चा देखिएको थियो। “सात छोरा र तीन छोरी छन्। म खुसी छु, म भावुक भएको छु। म धेरै कुराकानी गर्न सक्दिनँ,” सोमवार राति बच्चा जन्मिएपछि टेबोहो सोतेत्सीले प्रिटोरीआ न्यूजलाई बताए।

गाउटेङ प्रान्तको सामाजिक विकास विभागले ती महिलाले १० सन्तान पाएको पुष्टी गरेको छ।  पूरा अवधि नपुगी जन्मिएका बच्चाहरूलाई अहिले अस्पतालमै राखिएको छ।

एउटा रिटेलस्टोर म्यानेजरको काम गर्ने गोसियामीले यसअघि पनि जुम्ल्याहालाई जन्म दिएकी थिइन्। उनीहरू अहिले छ वर्षका भए। उनले अब जन्मेका बच्चाहरूलाई आफू र श्रीमानले हुर्काउन नसक्ने भन्दै सहयोगको अपिल गरेको सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

यसअघि गरिएको अल्ट्रासाउन्डमा उनको पेटमा त्यति धेरै बच्चा रहेको कुराले मालीका नेताहरूको ध्यान तानेको थियो। डाक्टरहरूले उनलाई विशेष विशेषज्ञता चाहिने बताएपछि मालीका अन्तरिम राष्ट्रपतिले सरकारले खर्च व्यहोर्ने गरी उनलाई मोरोक्को पठाएका थिए।

मालीको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म सबै नवजात शिशु र आमाको स्वास्थ्य अवस्था राम्रो छ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार